स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) युरोपका क्षेत्रीय निर्देशक डा. हान्स हेन्री पी. क्लुगेबीच भेटवार्ता भएको छ।
भारतको नयाँ दिल्लीमा जारी दोस्रो डब्लुएचओ ग्लोबल समिट अन ट्रेडिसनल मेडिसिनको क्रममा भएको भेटमा नेपालमा मानसिक स्वास्थ्य सेवालाई प्राथमिक स्वास्थ्य सेवासँग एकीकृत गर्ने सरकारी पहल र नीतिगत सुधारबारे मन्त्री डा. गौतमले जानकारी गराउनुभयो।
भेटमा डब्लुएचओ युरोपका निर्देशक क्लुगेले नेपालमा आयुर्वेद, वैकल्पिक र आधुनिक चिकित्सा प्रणालीको एकीकरणलाई उदाहरणीय अभ्यासको रूपमा उल्लेख गर्दै अनुभव आदान–प्रदानमा चासो व्यक्त गर्नुभयो।
दुवै पक्षले भविष्यमा प्राविधिक सहकार्य, ज्ञान आदान–प्रदान र क्षमता अभिवृद्धिमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *