तुलसीपुर उच्च अदालतको आदेशपछि जिल्ला अदालत रूपन्देहीबाट थुनामुक्त भएका रवि लामिछानेले न्यायका लागि आफ्नो संघर्ष अझै बाँकी रहेको बताएका छन्। समर्थकलाई सम्बोधन गर्दै उनले यो लडाइँ व्यक्तिगत नभई देश र जनताको न्यायका लागि भएको स्पष्ट पारे। यसअघिका सरकार र नेताले गरेको अन्यायका अगाडि आफूले भोगेको पीडा सानो भएको उल्लेख गर्दै उनले सबैको हिसाब मिलाउने समय आउने बताए। अदालतबाट बाहिरिँदा समर्थकको नाराबाजीबीच उनले चाँडै बोल्ने र धेरै कुरा राख्न बाँकी रहेको संकेत गरे।
