तेस्रो कार्यकालका लागि एमाले अध्यक्ष निर्वाचित भएपछि केपी शर्मा ओलीले पार्टीमाथि आक्रमण गर्ने तयारी भइरहेको आरोप लगाए। एमाले नेतृत्वमाथि हात हालिए देश ठप्प हुने र सरकार ढल्ने चेतावनी उनले दिए।
उनले वर्तमान सरकारले चुनाव गराउने तयारी नगरेको भन्दै षड्यन्त्रमा लागेको आरोप लगाए। जेन–जीसँगको सम्झौता पनि त्यसैको हिस्सा भएको बताउँदै, सरकारले चुनाव गराउने जिम्मेवारीबाट भाग्न खोजेको दाबी गरे।
