श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा विगतका बम विस्फोट घटनासँग सम्बन्धित आरोपमा पक्राउ परेपछि पार्टीले कडा निर्णय लिएको छ। पार्टी अध्यक्ष हर्क साम्पाङले लामा माथि लागेको आरोपको निष्पक्ष छानबिन सुनिश्चित गर्न उनलाई पार्टीको सबै जिम्मेवारीबाट तत्काल निलम्बन गरिएको जानकारी दिएका छन्।
अध्यक्ष साम्पाङका अनुसार राज्यले गरिरहेको अनुसन्धान प्रक्रियामा पार्टी वा कुनै व्यक्ति तर्फबाट कुनै किसिमको दबाब नपरोस् भन्ने उद्देश्यले यो निर्णय गरिएको हो। उनले कानुन सबैका लागि समान हुने भन्दै दोषी प्रमाणित भए कानुनी कारबाहीको सामना गर्नुपर्ने र यदि निर्दोष ठहरिए पार्टीमा पुनः सम्मानका साथ स्वागत गरिने स्पष्ट पारेका छन्।
लामामाथि काठमाडौं तथा पाँचथरमा भएका बम विस्फोटका पुराना घटनामा संलग्न रहेको गम्भीर अभियोग लगाइएको छ। सुरक्षा निकायले प्रारम्भिक अनुसन्धानपछि उनलाई थप सोधपुछ र अनुसन्धानका लागि पाँचथर पठाएको जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *