गोकर्णेश्वर नगरपालिकाका पूर्व प्रमुख सन्तोष चालिसेविरुद्ध ३ करोड ६८ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियारका अनुसार नगरप्रमुख भएको पाँच वर्षको अवधिमा चालिसे र परिवारको आम्दानीभन्दा धेरै सम्पत्ति देखिएको छ, जसको स्रोत खुल्न सकेन। गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा चालिसेसहित उनकी पत्नी, छोराहरू र बुहारीविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
