नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आयोजना गरिने आन्तरिक निर्वाचनमा अत्याधुनिक प्रविधिको प्रयोग गरिने भएको छ। पार्टीले यसपटक नेतृत्व चयन प्रक्रियालाई छरितो, पारदर्शी र व्यवस्थित बनाउन ८० वटा विद्युतीय मतदान मेसिन प्रयोग गर्ने तयारी गरेको छ।
निर्वाचनका लागि काठमाडौँस्थित भृकुटीमण्डप परिसरमा विशेष रूपमा मतदान बुथहरू निर्माण गरिएका छन्। ती बुथहरूमा एकै समयमा ८० जना प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ। यसले मतदान प्रक्रियालाई छिटो सम्पन्न गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ।
निर्वाचन समितिका अनुसार एक जना मतदाताले विद्युतीय मेसिनमार्फत मतदान गर्न औसतमा करिब ३० मिनेट समय लाग्ने अनुमान गरिएको छ। विद्युतीय प्रणाली प्रयोग भएकाले मतगणनामा पनि सहजता हुने र नतिजा छिटो सार्वजनिक गर्न सकिने अपेक्षा गरिएको छ।
यस निर्वाचनमा देशभरबाट आएका जम्मा २ हजार २६३ जना प्रतिनिधि सहभागी हुनेछन्। उनीहरूले पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्नेछन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *